८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोभिड खोपमा नेपाललाई सफलता, डब्लुएचओले दियो बधाई     



२० माघ ०७८, काठमाडौं । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ ।“सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ”, डब्ल्युएचओ नेपालले ट्वीटरमार्फत बधाई दिँदै भनेको छ ।

नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ५ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।