७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


जाल्पा लघुवित्तको आइपिओ आजबाट खुल्यो



२१ माघ ०७८, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज शुक्रबारदेखि आइपिओ बिक्री खुला गर्दैछ । लघुवित्तले ५ लाख २२ हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । जसमा ८ हजार कित्ता कर्मचारीका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले ४ लाख ८७ हजार ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिकित्ता १ सय रुपैयाँमा रुपैयाँमा आवेदन दिन सकिन्छ । २५ माघभित्र आइपिओ भरिसक्नुपर्नेछ । सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सकिनेछ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ११ : २१ बजे