१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सहकारीको रकम हिनामिनामा दोषी पञ्चमान महर्जन पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२१ माघ ०७८, काठमाडौं । काठमाडौंको साईनिङ् स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी सावित काठमाडौं १५ का ४८ वर्षीय पञ्चमान महर्जन पक्राउ परेका छन् ।
उक्त को–अपरेटिभमा जम्मा गरेको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४७८ रुपैयाँ जाहेरवालाहरुलाई फिर्ता नदिई सो आर्थिक लाभ हुने ऋण प्रवाह तथा असुली गर्दा ठगी गरेको आरोपमा दोषी सावित गर्दै १९ असार २०७३ मा काठमाडौं जिल्ला अदालतले संस्थाका लेखा समिति संयोजक महर्जनलाई ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।
तर, फरार रहँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले २० माघमा स्वयम्भूबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार फैसला कार्यान्वयनको लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ४ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।