८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसको प्रवक्तामा डा.महत



२४ माघ ०७८, काठमाडौं ।  नेपाली कांग्रेसको प्रवक्तामा केन्द्रीय सदस्य डा.प्रकाशशरण महत मनोनीत भएका छन् ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को दफा २५ को उपदफा (४) बमोजिम आज उनलाई प्रवक्तामा मनोनयन गरेका पार्टी कार्यालयले जनाएको छ ।

पार्टी विधानको दफा २५ को उपदफा (४) मा पार्टी सभापतिका काम कर्तव्य अधिकारअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने, कार्य विभाजन हेरफेर गर्ने र पार्टीका पदाधिकारी एवं सदस्यमध्येबाट प्रवक्ता तोक्ने व्यवस्था छ ।

सभापति देउवाले पार्टी सङ्गठनलाई थप सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण सहयोग र सक्रियता रहनेछ भन्ने विश्वासका साथ उनलाई मनोनयन गरी उनको कार्य सफलताको कामना पनि गरेका छन् । यसअघि पार्टीको सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेका डा महत गत मङ्सिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी थिए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  २ : १८ बजे