८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ४३७ सहित नेपालमा थप १५७० जनामा कोरोना संक्रमण




२४ माघ ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरेको ११ हजार ३६५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार १०२२ पिसिआर परीक्षणबाट र ५४८ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ६१४६ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ४० हजार १११ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यस्तै काठमाडौं उपत्यकामा ४३७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ३५०, ललितपुरमा ५९ र भक्तपुरमा २८ संक्रमित थपिएका छन्।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ६ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।