२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विप्लव नेतृत्वको नेकपा जुम्ला जिल्ला कमिटी माओवादीमा




२५ माघ ०७८, काठमाडौं । स्थानीय तह निर्वाचनको मिति सार्वजनिक भएको भोलिपल्टै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीको जुम्ला कमिटी माओवादी केन्द्रमा समाहित भएको छ ।
जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा ‘रवीकिरण’ नेतृत्वको पार्टी कमिटीलाई मंगलबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीमा प्रवेश गराए ।
१० बर्से जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्न क्रान्तिमा होमिएका सबै दल एक ठाउँमा हुनुको विकल्प नभएको प्रचण्डले बताएका छन् ।
‘माओवादीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहका छन् । हामी यति ठूलो परिवर्तनका बहाकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ’, अध्यक्ष प्रचण्डले थपे, ‘जनतासँग जोडिएर माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं ।’
पार्टीको जिल्ला कमिटी नै माओवादीमा विलय गराएका नेताहरूको जिम्मेवारी भने तोकिन बाँकी छ ।

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ११ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।