२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा १०१७ सहित नेपालमा थप २४०१ जनामा कोरोना संक्रमण



२६ माघ ०७८, काठमाडौं । नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ३ सय ५६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ११६०३ पिसिआर परीक्षणबाट १८५१ जना र ४७५३ एन्टिजेन परीक्षणबाट ५५० जनामा संक्रमण पुष्टि भएको हो।बुधबार कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन्। हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन्।
काठमाडौं उपत्यकामा थप १०१७ जना कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ८९०, ललितपुरमा १०२ र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ५ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।