८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रचण्ड र शेखर कोइरालाबीच भेटवार्ता हुदै




२७ माघ ०७८, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता हुने भएको छ ।
पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता दिएका कोइरालाले प्रचण्डसँग भेटवार्ता गरेन लागेका हुन् ।
भेटवार्ता आज बिहीबार विहान ९ बजेका लागि प्रचण्ड निवास खुमलटारमा हुने तय भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
कोइरालाले हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोट पुगेर भेटवार्ता गरेका थिए । त्यसक्रममा एमसीसी, स्थानीय तह निर्वाचन र संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको थपलियाले जानकारी दिएका थिए ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पास गराउन बल गरिरहेका बेला नेता कोइरालाले राजनीतिक भेटवार्तामा तिव्रता दिएका हुन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ७ : ५३ बजे