२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कामु प्रधानन्यायाधीशको आह्वानमा फुल कोर्ट बस्दै



२ फागुन ०७८, काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको पूर्ण बैठक ९फुल कोर्ट० बोलाएका छन्। दिउँसो १ बजेका लागि फुल कोर्ट बोलाइएको सर्वोच्चका एक न्यायाधीशले बताए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि वरिष्ठतम् न्यायाधीश कार्की स्वतः कामु प्रधानन्यायाधीश बनेका हुन्। कार्कीले कामु प्रधानन्यायाधीश बनेको दोस्रो दिन बस्ने गरी फुलकोर्ट बोलाएका हुन्।

मन्त्रिपरिषद्मा भागबण्डा खोजेको प्रकरणले प्रधानन्यायाधीश राणा विवादित बनेपछि गत कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीशको अध्यक्षतामा फुलकोर्ट बैठक बसेको छैन।

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १० : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।