८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा गाडी दुर्घटना गराई भागेका भारतीय सवारी चालक पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

३ फागुन ०७८, ललितपुर । ललितपुर धोबिघाटस्थित सडकमा सोमबार राति सवारी दुर्घटना गरी भागेका भारतीय सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
बिआर ०५ एएन ५९२० भारतीय नम्बरको कार र भारत बिहार चम्पारण बस्ने २८ वर्षीय जोबैर अहमदलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटना गरी भागेको भारतीय नम्बरप्लेटको सवारी साधन नियन्त्रणमा लिनको लागि ललितपुर जिल्लाबाट काठमाडौं भित्रिने सम्भावित नाकाहरूमा चेकप्वाइन्ट खडा गरी प्रहरीले जाँच गरेको थियो ।
जाँच गर्नेक्रममा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि बरामद कारसहित महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । न्युज कारखाना

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १० : २६ बजे