८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको च्यामासिंहमा दुर्घटना, युवकको मृत्यु




३ फागुन ०७८, काठमाडौं । भक्तपुरको च्यामासिंहमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
प््रहरीका अनुसार भक्तपुर नगरपालिका ९ च्यामासिंह चोक नजिक बा.३ ख ४७६५ नम्बरको बस र बा.६१ प ६६१८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाइ सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका १० कमलबिनायक बस्ने दोलखा तामाकोसी गाउँपालिका १ भिरकोट घर भएका ३४ वर्षीय देबेन्द्र कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतलमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी कारवाही सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : ३२ बजे