४ फागुन ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका १६ बालाजुस्थित सडकमा ना.७ त ३८९९ नम्बरको ट्याक्टरबाट लडेर भारत सीतामढी बस्ने ५० वर्षीय लक्ष्मी साहको बुधबार बिहान मृत्यु भएको छ ।
प्रहरीका अनुसार उक्त ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
४ फाल्गुन २०७८, बुधबार
0
Shares
प्रतिक्रिया