२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चापागाँउका तामाङ हत्या अनुसन्धानको ३७ वर्षपछि बुधबार पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

४ फागुन ०७८, ललितपुर । ललितपुरको साविक चापागाउँ गाविस हाल गोदावरी नगरपालिका १० बस्ने सुनबहादुर तामाङलाई प्रहरीले कर्तव्य ज्यान मुद्दाका आरोपी ३७ वर्षपछि बुधबार पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दाका आरोपीलाई प्रहरीको केन्द्रीय अनुसन्धानन ३७ वर्षपछि उनलाई आज पक्राउ गरेका प्रहरीले जानकारी दिएकोे छ ।
उनीमाथि विसं २०४१ सालमा सोही ठाउँका कान्छो भन्ने गणेशबहादुर नगरकोटीलाई कर्तव्य गरी मारेको आरोप छ । ललितपुर जिल्ला अदालतबाट विसं २०४४ मा साविक मुलुकी ऐन, अदालती बन्दोबस्तको महल १९० बमोजिम उक्त मुद्दा मुल्तबीमा रहने गरी फैसला भएको थियो ।
फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि ब्यूरोबाट परिचालित टोलीले तामाङ्लाई आज ललितपुरको चापागाँउ नजिकै रहेको सल्यानगाउँबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।