फागुन ०७८, काठमाडौं । काठमाडौंको बालाजु वसपार्क नजिकै एक बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ६ बजे बालाजुको गंगा हलअगाडि मिनीबसले पैदल यात्रीलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
मृत्यु हुनेमा नाम नखुलेकी ५०÷५५ वर्षीया महिला र रसुवा घर भएका १८ वर्षीय विकास तामाङ रहेको महानगरीय ट्राफिक महाशाखाले जानकारी दिएका छन् ।
काट्ने क्रममा बसले उनीहरूलाई ठक्कर दिएर फरार भएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया