९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्र ‘लाइफ इन एलए’ ९ वैशाखमा प्रर्दशनमा आउदै




५ फागुन ०७८, काठमाडौं । अमेरिका र नेपालमा छायाँकन गरिएको फिल्म ‘लाइफ इन एलए’–२०७९ वैशाखमा रिलिज हुने भएको छ । अमेरिकाको विभिन्न सहरमा प्रदर्शन भइसकेको फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज मिति पनि घोषणा गरेको हो ।
फिल्ममा ब्यास विषु विस्सु, आकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकसँगै अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय छ ।
सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा ब्यास विष्णु र राजेन्द्र ठकुराथि निर्माता तथा संसार सुवेदी कार्यकारी निर्माता छन् । ब्यास इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत तथा प्रताप दास र कविता श्रेष्ठको स्वर, दीपक वलीको एसोसियट निर्देशन तथा प्रदीप आचार्य र प्रदीप खत्रीको प्रोडक्सन छ ।
भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १० : २१ बजे