२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमसीसीको पक्षमा उभिन डराउनुपर्ने कारण छैन : प्रधानमन्त्री देउवा



५ फागुन ०७८, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट पारित वा अस्वीकृत जे भए पनि निर्णय स्वीकार गर्ने बताएका छन् ।

बिहीबार बालुवाटारमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)’ सार्वजनिक गर्दै उनले एमसीसीको पक्षमा उभिन डराउनुपर्ने कुनै कारण नभएको बताएका हुन् ।

उनले संसद नै जनताका प्रतिनिधिहरूको थलो भएकोले एमसीसीबारे संसदले निर्णय दिने बताए ।

एमसीसी सम्झौता राष्ट्रको हितमा रहेको बताउँदै प्रधानमन्त्री देउवालो भने, ‘एमसीसीका पक्षमा उभिन डराउनु हुँदैन। यो राष्ट्रको हितमा छ।’

एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी आलोचना गरिएको भन्दै प्रधानमन्त्री देउवाले असन्तुष्टि व्यक्त गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।