८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसदमा आजै एमसिसी टेबुल गर्ने तयारी, सडक संर्घष चर्कदै



सभामुख अग्निप्रसाद सापकोटा । तस्बिरः रत्न श्रेष्ठरासस

६ फागुन ०७८, काठमाडौं । सरकारले आज संसदमा अमेरिकी अनुदान सहयोग (एमसिसी) टेवुल गर्ने तयारी गरेको छ । उता सत्तासिन एकीकृत समाजवादी र एकीकृत माओवादी सडक संर्घषमा छन् ।
अमेरिकी अनुदान सहयोग एमसिसी संसदबाट पारित गर्न अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिन १० दिन मात्र बाँकी छ । १६ फागुनभित्र एमसिसी पारित नभए थप कदम चाल्ने एमसिसी मुख्यालयले बताइसकेको छ ।
तर, सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा भए पनि खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादी अहिलेको अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छन् ।
प्रमुख प्रतिपक्षी एमाले पर्ख र हेरको अवस्थामा छ ।

सरकारले एमसीसी टेवल गर्ने तयारी गरिरहेकै बेला ८ दलीय मोर्चा पनि सडक संर्घष थपचर्काउने निर्णय गरेका छन् ।

यही तिगडमका कारण बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल हुन सकेन, बरु सत्तासिन दल माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संस्था नै सडकमा उत्रिए ।
सहमति जुटाउने भन्दै बिहीबार बसेको सत्ता गठबन्धनको बैठक पनि निरर्थक नै बन्यो ।
यही अन्यौलका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी टेबुल हुने सम्भावना न्यून रहेको एक मन्त्रीले बताए ।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा पनि एमसिसी उल्लेख छैन । बरु प्रधानमन्त्री शेरबहादुर देउवाले ’आदिवासी जनजाति आयोगको प्रतिवेद आर्थिक वर्ष २०७७÷७८’ पेस हुने कार्यसूची छ ।
प्रतिनिधिसा बैठक अघि सभामुख अग्नि सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ३१ बजे