१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सीसीटीभीमा देखिए कलंकीमा बम राख्ने दुई जना



६ फागुन ०७८, काठमाडौं । काठमाडौंको कलंकीमा गएराति प्रेसर कुकर बम राखेर भाग्ने दुई जना सीसीटीभी फुटेजमा देखिएको थानकोट प्रहरीले जनाएको छ ।

प्रहरी नायब निरीक्षक रमानन्द चौधरीका अनुसार कलंकीमा मध्यराति हिँडिरहेका शंकास्पद दुई व्यक्तिलाई  सोधीखोजी गर्दा झोलामा राखेको बम छोडेर उनीहरू भागेका थिए ।

भाग्नुअघि उनीहरू र प्रहरीको गस्ती टोलीबीच लछारपछार चलेको थियो ।

बम राख्ने व्यक्तिको नाम र आवद्धताबारे नखुले पनि सीसीटीभी फुटेजका आधारमा उनीहरूको खोजी भइरहेको असई चौधरीले बताए । कालिका पेट्रोल पम्पअगडि भेटिएका दुवै बम नेपाली सेनाको टोलीले निस्कृय पारिसकेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  १२ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।