८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चापागाँउको इतिहाँस र बज्रवाराही मन्दिर



८ फागुन ०७८, ललितपुर । दक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाँउ बजार अहिले घना बस्तीमा परिणत भएको छ । नेपाल सम्बत ५ सयताका भक्तपुरबाट देशार मल्ल र कर्माचार्यलगायत नेवार समुदायको बस्ती बसेको विश्वास गरिन्छ ।
चापागाँउमा परापुर्वकालमा चाँपहरु रुख थियो । चाँपै चाँपको रुख भएका कारण यस ठाँउलाई चम्पापुर भनिन्थ्यो । यहाँ वरपर चम्पादेवि नाम गरेको मन्दिर पनि रहेको छ ।


इतिहासका अनुसार श्रीराजदेव मल्लले भक्तपुरबाट चापागाँउमा आएर राज्य चलाएको बताइन्छ ।
नेपाल संवत ५ सय सालमा चापागाँउ बस्ती बसेको पाइन्छ । त्यसताका भक्तपुरका राजाको छोरा जन्मेपछि उनको मुख हेर्न नमिल्ने ज्योतिषले भनेपछि श्रीराजदेव मल्ल यहाँ आएका थिए । उनले मल्ल,देशार कर्माचार्यलगायतलाई साथमा लिएर आएका थिए ।
भक्तपुरका राजा नरेन्द्रदेव शिकार खेल्दै ललितपुर आए । उनी चापागाँउमा आइपुग्दा रात प¥यो । चापागाँउमा आएपछि उनी पाटीमा बास बस्ने भए । उनीसँग भाई भारदार सेना थुप्रै थिए । चापागाँउको भञ्सार टोलमा पाटी रहेछ । उनीहरु पाटीमा बास बस्ने भए ।

राजा बाहिर पाटीमा बस्न चाहेनन् । उनले भारदारलाई माथिल्लो तलामा बस्ने व्यवस्था गर्न लगाए । सेनाहरुले माथिल्लो तलामा सेतो कपडाले छोपिएको अनौंठो बस्तु भेटेर उनीहरु डराएर तल गए अनि त्यो अनौठो बस्तुबारे राजा जानकारी गराए ।
राजा माथि पुगे । तर राजा डराएनन् । तरवार झिकेर कपडा छोपिएको बस्तु हेरे । त्यहाँ बराह रुप भएकी बज्रवाराहीको दर्शन पाए ।


तरबार उठाएका राजालाई बज्रवाराहीको मूर्ति स्थापना गर्न लगाइन् । नरेन्द्रदेवलाई चैत्र पूर्णिमाको दिन जात्रा गर्न अह्राउदै देवि अन्र्तध्यान भइन् । त्यसपछि समयमा बज्रवाराहीको मन्दिर स्थापना र जात्रा चलाइएको हो ।
चापागाँउमा मुख्यतया २ वटा जात्रा धुमधाम मनाइन्छ । कार्तिक अष्ठमीमा शिर मात्रै भएको नवदुर्गाको जात्रा मनाइन्छ । चैत्र पूर्णिमा पनि चापागाँउ जात्रा मनाइन्छ । टिकाभैरव, गणेश जात्रा पनि यहाँ मनाउने गरिन्छ ।
अहिले यहाँ जात्राहरु विलाएर जाने अवस्थामा पुगेका छन् । जात्रा पर्वहरुलाई भरथेग गर्नेहरु अहिले देखिन छाडिसके । यहाँ बुद्ध र कृष्णको जात्रा हुने गर्छ । यी जात्राहरु साधारण रुपमा हुन थालेको छ ।


चैत्रमा हुने जात्रा महर्जनहरुले गर्ने गरिन्छ । कार्तिकमा हुने जात्रा देशारहरुले गर्ने जात्रा हो । तर ३५÷३५ वर्षदेखि यो देशारहरुले जात्रा गरिरहेका छैनन । ठाउको मात्रै नवदुर्गा चोरेर लगेपछि यो जात्रा भएन । कार्तिक अष्ठमीमा मरष्ठी जात्रा चापागाँउले नगरेपछि अहिले बुलुले गरिरहेका छन् ।
यहाँ ३ पल्ट यी मूर्तिहरु चोरी भएका छन् । संग्रालयमा राखिएको बज्रवाराहीको मूर्ति ५२ बर्षअघि चोरिएको थियो । त्यो बर्ष जात्रा हुन सकेन । त्यस बेला प्रधानपञ्च लक्ष्मीदत्त राजोपाध्याय थिए । उनले अर्को मूर्ति बनाए । केही बर्षपछि फेरि त्यो मूर्ति चोरी भयो । चर सुन्दर महर्जन गाविस अध्यक्ष भएको बेला अर्को मूर्ति बनाएर जात्रा चलाइएको थियो ।
हामीले पैसा उठाएर सेफ किन्यो । हामीले त्यो मूर्ति अहिले पनि सेफमा राखेका छौं ।


एक वर्षअघि संग्रालयमा भएको मूर्ति ल्याउने कुरा भयो । मैले मेयर गजेन्द्र महर्जनलाई बज्रबाराहीको त्यो शक्तिशाली मूर्तिलाई दैनिक नित्यपूजा गर्नुपर्ने बताए । २०२५ सालसम्म ४ जना मन्दिरमा सुत्ने गर्दथे । त्याहा सुत्न छोडेपछि मूर्ति हराएको थियो । विहान पूजा र साँझ आरती गर्नु पर्ने हुन्छ । त्यसका लागि आर्थिक श्रोत चाहिन्छ । मैले नगरपालिकाले यसको व्यवस्था गर्नुस् भने ।
वर्षको एक पल्ट जात्रा गर्ने खगुसँग निवेदन दिन लगाएर मयरले मूर्ति ल्याउन लगाए । मूर्तिको नित्यपूजाका लागि कुनै व्यवस्था छैन । नगरपालिकाले मूर्ति ल्याएर राखे सकियो । यो मूर्तिको मूल्य त्यसताका १२ करोड पर्छ भनेपछि सुरक्षा गर्न नसक्ने भन्दै त्यसबेला मूर्ति कसैले पनि ल्याउने आट गरेका थिएनन् ।

पूर्ण बहादुर महर्जन
प्याङ्गपाथी बनाउने क्रममा । तस्विर ः ललितपुर खबर

मैले नित्य पूजा गरिरहेको छु । आयस्था नदिएपनि मैलेपूजा गरिरहेको छु । हामीले गुठी संस्थानबाट केही पनि लिने गरेका छैनौं । पहिले पहिले एक माना चामल र एक पैसा दिइन्थ्यो रे । भाईहरुले लिन गएनन ।
बज्रवाराहीको पूजा कर्माचार्यहरुले गर्ने हो । दिक्षा लिएपछि मात्रै बज्रवाराहीको तान्त्रिक विधिबाट पूजा गर्ने हो ।
बज्रवाराहीको सर्वसाधारणहरुले पूजा गर्न बज्रवाराहीको मन्दिर बनाइएको हो । देवघरमा कर्माचार्यहरुले दिक्षा दिएर मात्रै तान्त्रिक विधिबाटपूजा चर्ने चलन छ । दिक्षा नलिनेले भित्र पूजा गर्न पाइदैन । दिक्षा लिएको मैले र श्रीमतीले पुजा गर्ने गरेका छौं । छोराले दिक्षा दिएका छैनन । उनले पनि पूजा गर्न पाउदैनन । मैले पनि २०६० सालमा दिक्षा लिएर पूजा गर्न थालेको हुँ । त्यसअघि मेरा काकाहरुले पूजा गर्ने गर्दथे ।

प्याङ्गगाँउ बस्ती । तस्विरहरु ः ललितपुर खबर

हामीलाई पूजा गर्न दिएन भन्ने आरोप छ । कसैलाई इच्छा छ भने हामीले रोकतोक गरेको छैन दिक्षा लिएर मात्रै पूजा गर्नुपर्छ ।
बज्रवाराही साह्रै शक्तिशाली छिन् । जंगलबाहिर दिनभर पातहरु झरे पनि साँझ सबै जंगलभित्र आउछन् । मन्दिरमा जसले एकचित्त पूजा गरेपनि पूजा हुने विश्वास छ । यहाँ गाई भैसीको दूध चढाए पशुलाई राम्रो हुने चाडै व्याउने दूध दिने विश्वास छ ।

धान गहुँमा यहाँको जल राखे वाली सप्रेर आउने विश्वास छ ।मन्दिरमा कागलाई पिजडामा राखेर राती सुते तर्साउने विश्वास छ । त्यसैले बज्रवाराहीमा कागलाई लैजानु हुँदैन भन्ने विश्वास छ । बज्रवाराही मन्दिर ९ वटा मसान घाटको बीचमा रहेको छ । मन्दिरअगाडि बुलुका स्थानयिहरुको शव जलाइन्छ ।
नरेन्द्रदेवले ७ सय १९ मा बज्रवाराही मन्दिरको आगँछे (देव घर) बनाए । ७ सय ८२ मा बज्रवाराही जंगलमा मन्दिर बनाएका थिए । ८ सय १९ मा विष्णु मल्लले बज्रवाराही जंगलमा बज्रवाराही मन्दिर बनाएको इतिहास छ । त्यसैबेला जात्रा चलाएको बताइन्छ ।
टिकाभैरव जात्रा र चापागाँउका स्थानीयहरुको ऐतिहासिक साइनो रहेको किम्बदन्ती रहेको पाइन्छ ।


चापागाँउकी एक वालिका सधै बारीमा केराउ खान जाने रहिछिन् । तर उनकी सानीआमाले मुखमा चिनो राखेर पठाउने रहेछिन् । उनी टिकाभैरवसँग भेट हुने रहेछ । उनी टिकाभैरवसँग खेल्ने रमाउने गर्न थालिन् ।
उनकी सानीआमाले एक दिन केराउ खाएर आएको पत्तो पाएपछि कुटिछिन् । उनीले यो कुरा टिकाभैरवलाई भनिछिन् । यो कुरा सुनेपछि टिकाभैरवले उनलाई सँगै लगेछन् ।
वालिका हराएपछि परिवार खोज्न गए । उनीहरुले टिकाभैरवलाई भेटे । टिका भैरवले छोरी भेट्ने भए हरेक बर्ष जात्रा गर्न यहाँ आउनु भनेर पाएको जनश्रृति छ । यसरी नै टिकाभैरवको जात्रा चलेको बताइन्छ ।
टिकाभैरव राजकुलोको बारेमा ऐतिहासिक किम्बदन्ती रहेको छ । त्यसबेला चापागाँउ लगायतका ठाँउमा पानी थिएन ।
एक किसानले टिकाभैरवलाई भेटेर यो गुनासो गरेछन् । टिकाभैरवले पछाडि नहेरी कोदालो घिर्सादै जान अह्राएको र उहाँ पुगेर हेर्दा पानी बग्दै पुगेको जनश्रृति छ ।


यो राजकुलो त्यति बेला देखि नै संचालनमा आएको विश्वास छ । केही बर्षअघिसम्म पाटनका पोखरीहरु यही राजकुलोले भरिन्थे । यहाँका खेतीपाती यही कुलोको पानीने गरिन्थ्यो ।
तर अहिले यहाँ राजकुलोको पानी छैन । यहाँ नयाँ घरहरु बनेका छन् । ५० वर्षअघिसम्म चापागाँउमा छ्वाली पराल र टायलको छानो थियो । अहिले टायलको छानो भएको घर भेट्न मुस्किल छ । छ्वाली र परालको छानो भएको घर कहाँ पाउनु ?
यो सबै सम्बिन्धित सरकारी निकायले संरक्षण गर्नु पथ्र्यो । तर संरक्षण भएन । विदेशमा भए पुरानो संस्कृतीलाई बगार्ने काम हुदैनथ्यो ।


चापागाँउमा मल्लकालीन ढुंगेधाराहरु प्नि पाइन्छ । चापागाँउको बसपार्कमा ऐतिहासिक ढुंगेधारा थियो । त्यो ढुंगेधारा पुरियो । यहाँ चापागाँउमा पुराना पोखरीहरु पनि पुरिएका छन् ।
बज्रवाराहीको जंगलमा ५० बर्षअघि ढुगेधारा थियो । हामी त्यही ढुंगेधाराको पानी ल्याएर खान्थ्यौ । यहाँको पानी सफा थियो । त्यो पानीलाई व्यवस्थि तगर्न सके राम्रो हुन्थ्यो ।


बज्रवाराही मन्दिर मुनि पनि कुवा थियो । बर्षै पहिले त्यही कुवाको चोखो पानी ल्याएर मन्दिरमा चढाउने गरिन्थ्यो ।
तर अहिले जताततै जग्गा प्लटिङ भइरहेको छ । धेरै रुखहरु काटिएका छन् । जंगल मासिएका छन् । प्लटिङ गर्नु भनेको भु क्षयलाई निमन्त्रणा गर्नु हो ।
बज्रवाराही मन्दिरका मुख्य पुजारी वासुदेव कर्माचार्यसँग कुराकानीमा आधारित ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ८ : ३२ बजे