८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमसीसी संसदमा टेबुलको निर्णयका लागि सत्तापक्षीय बैठक बस्दै



बालुवाटारमा बसेकाे सत्तारूढ दलकाे बैठक

८ फागुन ०७८, काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गर्न दिने तर संसोधन बिना अनुमोदन गर्न नदिने नेकपा (एकीकृत समाजवादी)को निर्णयको भोलीपल्ट सत्तारुढ घटक गठबन्धनको बैठक बस्दैछ ।
सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा एमसीसीको बिरोधमा सडक संघर्षमा उत्रिएको बेला बस्न लागेको गठबन्धनको बैठकलाई निर्णायक रुपमा हेरिएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज १० बजे बस्न लागेको बैठकको निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई संघीय संसदमा टेबुल गर्ने कि नगर्ने निर्णय लिनेछन ।
अमेरिकन सहयोग एमसीसीका बारेमा निर्णय लिनका लागि यसअघि बोलाईएका दुईवटा बैठक अनिर्णित भए पछि गठबन्धनको सल्लाह अनुसार आज बैठक बोलाईएको हो । उक्त बैठक पछि एमसीसी कार्यसुचीमा प्रवेश गराउने कि नगराउने निर्णय हुनेछ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।