२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमसीसी संसदमा टेबुलको निर्णयका लागि सत्तापक्षीय बैठक बस्दै



बालुवाटारमा बसेकाे सत्तारूढ दलकाे बैठक

८ फागुन ०७८, काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबुल गर्न दिने तर संसोधन बिना अनुमोदन गर्न नदिने नेकपा (एकीकृत समाजवादी)को निर्णयको भोलीपल्ट सत्तारुढ घटक गठबन्धनको बैठक बस्दैछ ।
सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा एमसीसीको बिरोधमा सडक संघर्षमा उत्रिएको बेला बस्न लागेको गठबन्धनको बैठकलाई निर्णायक रुपमा हेरिएको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज १० बजे बस्न लागेको बैठकको निर्णय अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई संघीय संसदमा टेबुल गर्ने कि नगर्ने निर्णय लिनेछन ।
अमेरिकन सहयोग एमसीसीका बारेमा निर्णय लिनका लागि यसअघि बोलाईएका दुईवटा बैठक अनिर्णित भए पछि गठबन्धनको सल्लाह अनुसार आज बैठक बोलाईएको हो । उक्त बैठक पछि एमसीसी कार्यसुचीमा प्रवेश गराउने कि नगराउने निर्णय हुनेछ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।