२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी गर्ने पक्राउ




९ फागुन ०७८, काठमाडौं । ‘ई–सेवाको कर्मचारी हुँ’ भन्दै सात लाखभन्दा बढी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ठगी गरेको आरोपमा रौतहट माधबनारायण नगरपालिका २ का सुभम साह र बारा महागढिमाई नगरपालिका–१० का सर्फराज आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । दवै जना पर्साको वीरगञ्ज बस्दै आएका थिए ।
उनीहरुले ९८२९श्रश्रश्रश्र४९ नम्बरबाट ई–सेवाको कर्मचारी बोलेको लगायतका विभिन्न कुराहरू गरी सर्वसाधरणलाई बिश्वासमा पारी ई–सेवा आईडीको ओटीपी प्राप्त गरेको प्रहरीले जनाएको छ ।
ओटीपी पाएपछि बैंक खातामा समेत पहुँच बनाई ७ लाख २७ हजार ३ सय ४८ रुपैयाँ ठगी गरेको भन्ने सूचानाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुले आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमती गरी पीडितको खाताबाट सिधै मोबाईल बिक्रेताको खातामा रकम रकमान्तर गरेको प्रहरुलिे जनाएको छ ।

यसैगरी उनीहरूले ठगीको रकम विभिन्न सामान किन्न अन्य व्यक्तिहरुका खातामा समेत पठाएको पाइएको छ ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।