१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


उपत्यकामा जथाभावी पार्किङ गर्नेविरुद्ध कारबाही अभियान



फाइल तस्विर

११ फागुन ०७८, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि फेरि कारबाही अभियान थालेको छ । ललितपुरको पाटन क्षेत्रबाट जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप अपरेशन चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन् ।
सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृतरूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन उक्त अभियान चलाइएको जनाइएको छ । यसले आम सडक प्रयोगकर्तालाई सडक तथा फुटपाथको निर्वाध प्रयोग गर्न र सवारी आवागमनमा समेत सहजता ल्याउने विश्वास लिइएको छ ।
महाशाखाले अभियानको पहिलो दिन आज ललितपुरबाट ३७ सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले आवागमनमा असर पर्ने गरी पार्किङ नगर्नसमेत सचेत गराएको छ । यता बौद्ध क्षेत्रमा गरिएको स्वीप अपरेशनमा १०० सवारी साधनलाई कारबाही गरिएको छ भने आसपासका अन्य सडकमा पार्किङ व्यवस्थापनसमेत गरिएको महाशाखाले जनाएको छ ।
कोरिडोर सडकमा हुने सवारी तथा पार्किङ व्यवस्थापन गर्न ट्राफिक महाशाखाले हालसालै डल्लु र मैतीदेवीमा नयाँ ट्राफिक पोष्टसमेत स्थापना गरिसकेको छ ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।