९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सुखद अन्त्यको लक्ष्यमा च्यासल



फाइल तस्विर

१२ फागुन ०७८, काठमाडौं । च्यासल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम खेल खेल्दैछ । अन्तिम खेलमा नव प्रबेशी सातदोबाटो युथ क्लबको सामना गर्दा च्यासल आफ्नो यात्राको सुखद अन्त्य गर्न चाहन्छ ।
शीर्ष डिभिजनमा बढुवा भएको तेस्रो सिजनमा च्यासल ‘बी’ डिभिजनमा घटुवा भएको हो । २०७५ र २०७६ सालको लिगमा नवौ स्थानमा रहेको च्यासल यस पटक भने तालिकाको १४औं स्थानमा रहेसँगै रेलिगेशनमा परिसकेको छ ।
त्यसैले सातदोबाटोविरुद्धको खेल च्यासलका लागि ‘ए’ डिभिजन यात्राको सुखद अन्त्य गर्ने सुनौलो अवसर हो । गत शनिबार रेलिगेशनकै संकटमा रहेको फ्रेन्डस क्लबलाई २–१ को नतिजा सुम्पिएपछि च्यासल घटुवामा परेको थियो ।
यता ‘ए’ डिभिजनमा आफ्नो डेब्यु सिजनमै जायन्टकिल्लरको रुपमा उदाएको सातदोबाटो पनि सुखद अन्त्यको चाहानामा छ ।
फ्रेन्डसविरुद्ध बराबरी खेल्दै सिजनको सुरुआत गरेको सातदोबाटोले त्यसयता थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी युथ क्कब र नेपाल पुलिस क्लबलाई हारको स्वाद चखाइसकेको छ ।
सातदोबाटो १२ खेलमा १८ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पहिलो सिजनमै राम्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्ने लक्ष्य लिएको सातदोबाटो च्यासलविरुद्ध तीन अंक जोडे न्युरोड टिम (एनआरटी)लाई पछि पार्दै तेस्रो स्थानमा उक्लिने छ ।
त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लबको सामना गर्दा फ्रेन्डस भने पछिल्ला तीन खेलमा कायम अपराजित यात्राको निरन्तरताका साथ लिगमा सुखद अन्त्यको लक्ष्यमा हुनेछ ।
सातदोबाटोसँग बराबरी खेल्दै सिजनको सुरुआत गरेको फ्रेन्डस नवौ चरण सम्म भने रेलिगेशनको मुख्य दाबेदार टोली थियो ।
तर फ्रेन्डसले दशौं चरणमा ब्रिगेड ब्वाइज क्लबविरुद्ध हात पारेको जितले रेलिगशेनश जोगाउने सम्भावना ब्युँताएको थियो ।
११औं चरणमा जावलाखेल युथ क्लबसँग अंक बाँडेको फ्रेन्डसले शनिबार च्यासललाई हराउँदै ‘ए’ डिभिजन हैसियत कायम राख्न सफल भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ९ : ५८ बजे