४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


पुटिनले गरे युक्रेनमाथि सैन्य आक्रमणको घोषणा



१२ फागुन ०७८, रुस । रुसले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाली समय अनुसार बिहीबार बिहान सम्बोधन मार्फत युक्रेनको डोन्बास क्षेत्रमा सैन्य आक्रमणको घोषणा गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले युक्रेनमा युद्धको घोषणा नगर्न आग्रह गरेकै बेला पुटिनले टेलिभिजन सम्बोधन मार्फत युद्धको सुरुवात गरेका हुन् ।

सम्बोधनमा पुटिनले पूर्वी युक्रेनको युद्ध क्षेत्रमा रहेका युक्रेनी सैनिकलाई हतियार बिसाएर ‘आफ्नो घर फर्किन’ सुझाव दिएका छन् ।

कुनै पनि प्रकारको युद्ध भएमा वा रगत बगेमा त्यसको जिम्मेवार युक्रेन हुने चेतावनी पनि उनले दिएका छन् । उनले युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि सुझाव दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनको आदेशसँगै डोनेट्स्क क्षेत्रमा बिस्फोटको आवाज आएका छन्।

पुटिनले युद्धको घोषणा गर्दै गर्दा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पुटिनसँग युक्रेनमाथिको आक्रमण रोक्न सुझाव दिएका छन् ।

सुरक्षा परिषदको बैठकमा बोल्दै उनले शान्तिको मार्गलाई अवसर दिन आग्रह गरेका हुन् । तर पुटिनले आफ्ना सैनिकलाई आक्रमणको आदेश दिएसँगै स्वतन्त्र घोषणा गरेका डोनेट्स्क र लुहान्स्कसहितका क्षेत्रमा बमबारीको आवाज आएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ११ : २२ बजे