८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्दागिरीबाट मोटरसाइकल चोरेर धादिङ लैजाने २ जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

१२ फागुन ०७८, काठमाडौं । चन्द्रागिरीबाट मोटरसाइकल चोरेर धादिङ पु¥याइ नम्बर परिवर्तन गरेर चलाउने २ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका १२ मुखियागाउँ बस्ने सागर महर्जनको घरमा पार्किङ गरी राखेको बा.९६ प ११०८ नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङ गजुरी गाउँपालिका ८ महादेवखर्क बस्ने १९ वर्षीय कुमार स्याङतान र २० वर्षीय युवराज तामाङ रहेका छन् ।
उक्त मोटरसाइकल गत माघ ८ गते राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा धादिङ गजुरी गाउँपालिका २ फुर्केखोलामा उनीहरुलाई मोटरसाइलको बास्तविक नम्बर परिवर्तन गरी बा.९६ प ०१०८ नम्बर टास गरी चलाई ल्याएको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ९ : २२ बजे