८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खुमलटारमा सरकारबाट बाहिरेबारे छलफल जारी




१३ फागुन ०७८, काठमाडौं । गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रसहितका दल सरकारमा बस्ने वा नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन् ।
ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन् ।
‘खुमलटारमा सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
तर, अन्तिम टुंगोमा भने नेकपा (एकीकृत समाजवादी)का नेताहरुबीचको छलफलपछि पुगिनेछ । यसका लागि माओवादी नेताहरूले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बसेका छन् । उपत्यका बाहिर रहेका अध्यक्ष नेपाल काठमाडौं फर्किंदै छन् ।
संसद बैठकमा पेस भएको विवादित एसमीसीको पक्षमा मतदान गर्ने बताएका उनीहरूमाथि सरकारबाट बाहिरिन दबाब परेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : १७ बजे