८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विवादकाबीच संसद बैठक बस्दै, एमसीसी सम्झौताको विषयमा छलफल हुने




१५ फागुन ०७८,काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो १ बजे बोलाइएको आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । बैठक आज बिहान साढे ११ बजे बस्ने गरी बैठक बोलाइएको हो । एमसीसीबारे छलफल गर्न दलहरुको आन्तरिक तथा दुईपक्षीय छलफल पनि भइरहेका छन् ।
शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख गरिएको छ ।
गतआइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो । दलहरुको विवादका कारण यसअघि दुईपटक सूचना टाँस गरेर स्थगित थियो ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।