१७ फागुन ०७८, भक्तपुर । भक्तपुरको कौशलटारमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
स्थानीय बासिन्दाले मंगलवार बिहान शंकास्पद वस्तु भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बम हुन सक्ने आशंकामा सेनाको टोली बोलाएको थियो । साेमबार संघीय संसद् भवन अगाडिकाे मुख्य सडकमा पनि शंकास्पद वस्तु भेटिएकाे थियाे ।
प्रतिक्रिया