२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य



१७ फागुन ०७८, काठमाडौं ।  नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै निगमले भारतीय आयल निगमबाट पेट्रोलमा ३ रुपैयाँ ८९ पैसा, डिजेलमा ३ रुपैयाँ ८ पैसा र मट्टितेलले १० रुपैयाँ ३० पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३२ पैसा र एल पि ग्यासमा प्रति सिलिण्डर ९९ रुपैयाँ १७ पैसा बढेर आएको जनाएको हो।

मूल्यवृद्धिसँगै निगमले आगामी १५ दिनमा करिब ३ अर्ब ९ करोड रुपैयाँ घाटा हुने स्थिति रहेको अनुमान गरेको छ।

रसिया र युक्रेनबिचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भइ उच्चतम विन्दुमा पुगेको निगमले जनाएको छ। कच्चा तेलको अमेरिकी डलर ९५ देखि १०५  प्रति ब्यारेल पुगेका कारण भारतबाट इन्धनको मूल्य बढेको निगमले उल्लेख गरेको छ।

निगमले चालु आर्थिक वर्षमा २८ अर्ब नोक्सानी ब्यहोरी सकेको समेत जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ५ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।