८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थानीय तह चुनाव: मतदाता नामावलीमा दाबी विरोध आजदेखि



२० फागुन ०७८, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आजदेखि मतदाता नामावलीमा दाबी विरोध आह्वान गरेको छ । नामावली अद्यावधिक कार्यक्रमअन्तर्गन दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । तोकिएको समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।

कसैको मृत्यु भएको खण्डमा मतदाता नामावलीबाट हटाउन सूचना दिन सकिन्छ । प्रवक्ता पौडेलले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिने व्यवस्था मिलाइएको बताउनुभयो ।

यस्तै आयोगले स्थानीय तह चुनावका लागि राजनीतिक दलहरूले दर्ताका लागि दिएको निवेदनमाथि  जाँच/बुझ गरिरहेको पनि जनाएको छ । आयोगले फागुन ५ गतेदेखि १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको थियो । तोकिएको अवधिमा ८० दलले दर्ता गर्न निवेदन दिएका थिए ।

 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।