२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राँके जुलुस




२१ फागुन ०७८, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राँके जुलुस प्रदर्शन गरेको छ ।
राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले राके जुलुस निकालेको हो ।
उक्त विद्यार्थी संगठनले शनिबार साँझ पार्टी कार्यालय धुम्बाराहीबाट निकालेको जुलुस चाबहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो ।
बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने , भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउदै जुलुस प्रदर्सन भएको हो। कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रस्टाचारमा लिप्त भएको र जनताको ढाड सेकिने मूल्य वृद्धिलाई भने निरन्तर जारी राखेको भन्दै चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।