७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य प्रतितोला एक लाखभन्दा माथि




२२ फागुन ०७८, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९ सय पुगेको छ ।
अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ४०० तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला रु ९९ हजार ४०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ४१५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आज नेपालको बजारमूल्यमा प्रभाव परेको महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले बताउनुभयो । आज अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔँस एक हजार ९७० डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ११ : ५८ बजे