२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नागार्जुन रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला, एक जनाको मृत्यु




२४ फागुन ०७८, काठमाडौं ।  काठमाडौंको नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएका पाँच जनामध्ये एक जनाको ज्यान गएको छ । अरु चार जनाको उपचार भइरहेको छ ।

नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका हुन् । बेहोसमध्ये महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मृत्यु भएको छ ।
अन्य गम्भीर घाइते चार जनाको मनमोहन अस्पताल स्वयम्भूमा उपचार भइरहेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । घटनास्थलमा विषको बट्टा भेटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ मा पनि एकै परिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।