२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नल्लु घटनापछि शोकमा डुव्यो सिंगो गाँउ



 

 

 

 

२४ फागुन०७८, ललितपुर । एकै परिवारको पाँच जनाको मृत्युपछि ललितपुरको नल्लु गाँउ शोकमा डुवेको छ ।

ललितपुरको महलक्ष्मीस्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा भेटिएका मृतक परिवारमा भाई सोनाम स्याङ्तान निराश अवस्थामा भेटिए । उनले भने, ‘यस्तो घटना जीवनमा कहिल्यै देखेको सुनेको थिइन । आज आफैले भोग्दा सपनाजस्तो लागिरहेको छ ।’

१० महिनाअघि प्रेम विवाह गरेका स्थानीय सुभाष स्याङतानलाई श्रीमती र नवजात शिशु सहित परिवारका सबै सदस्यको मृत्यु भएको खबर कसरी सुनाउने भन्ने चिन्ता लागेको उनी बताउछन् । भक्कानिदै उनी भन्छन्, ‘दाजु भाउजु विदेश हुनुहुन्छ । छोरा छोरीसहित परिवार  नै छैनन् भन्ने सुन्दा उहाँहरुलाई कस्तो भयो होला । म सोच्न पनि सक्दिन ।’

अस्पतालमा भाइ कुरिरहेका रोज स्याङतान भाइ सुभष भर्खर गाडी सिक्दै गरेको बताए । ‘सामान्य तामाङ परिवारमा जन्मिएको सुभाष अभागी रहेछ ।’ आँखामा आँशु पिलपिल पार्दै रोजले भने ।

घटना सुने लगत्तै अस्पताल हानिएका रोज सबै काम छोडेर अस्पताल बसेको बताउछन् । यहाँ आएपछि कुनै काम गरौं जस्तो लाग्दैन । भन्छन्, ‘संसार केही रहेनछ ।’

दक्षिण ललितपुरको पहाडी क्षेत्रमा पर्ने नल्लु सदरमुकामबाट झण्डै ४० किलोमिटर टाडा पर्छ । गाँउको पाखोबारीमा तोरी मकै खेती गर्ने स्याङतान परिवारका जेठो छोरा विक्रम ४ वर्षदेखि दुवाईमा थिए । उनकी श्रीमती श्रृजना करिव १ बर्ष अघि दुई छोराछोरीलाई परिवारलाई जिम्मा लगाएर दुवाई गएकी थिइन् ।

उनका भाई सुभाष भने धेरैजसो काठमाडौंमा बस्थे । श्रीमती सुस्मा सुत्केरी भएपछि स्याहार गर्न उनी गाँउ बस्न थालेका थिए ।

साँझ खाना खाएपछि सुभाषका दाई विष्णु स्याङतान भुकम्पको बेला बनाइएको टहरामा सुत्न गएका कारण बचेका थिए । उनी विहानै उठेर काममा गए । घरमा यस्तो घटना भएको पत्तै पाएनन् ।

अन्र्तजातीय विवाह गरेका सुभाषले गाईघाटकी मगर परिवारकी शुश्मासँग विवाह गरेका थिए ।

झण्डै ५० वर्षअघि यस्तै.घटना सुनेको रोज बताउँछन् ।

सुभाषको आंशिक होस खुल्यो

निसास्सिएपछि अचेत भएका सुभाष स्याङ्तानको आंशिक होस खुलेको छ । उनको उपचारमा संलग्न डाक्टर अभिशेष रञ्जित अनुसार केही होस खुलेको भए पनि उनी खतराबाट बाहिर नरहेको बताए ।

उनले भने,‘२४ घण्टा नभई उनी सामान्य अवस्थामा आउने अवस्था हुदैन ।’

अस्पतालमा भेटिएका रोज स्याङतानले आफूलाई चिनेको बताए । उनले भने,‘उसले मेरो नाम लियो अनि निदाई हाल्यो ।’

उनलाई गणेशमान स्मृती अस्पताल महालक्ष्मी अस्पतालको सघन उपचार कक्ष(आइसियुमा राखेर उपचार भइरहेको छ ।

घटनामा घाइते सुभाषकी ५५ वर्षीय आमा काइली तामाङ उनकी श्रीमती सुश्मा स्याङतान नवजात शिशु र भातिजा आशिष र भतिजी आश्माले ज्यान गुमाएका थिए ।

साँझ सुत्केरी शुश्माले बच्चा सेकेर मकलमा कोइला बालेर छोडेकी थिइन् । झ्याल ढोका बन्द भएको अवस्थामा अक्सिजनको मात्रा कम भएर त्यस कोठामा सुतेका सबै निसास्एिका थिए । प्रहरीका अनुसार भर्खर जन्मेका सुवासको बच्चा र उनी मात्रै जिवित थिए । अस्पताल ल्याउने क्रममा बाटोमै शिशुको मृत्युभएको थियो भने सुवासको अवस्था अझै नाजुक छ ।

 

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।