२५ फागुन ०७८, काठमाडौं । काठमाडौं महानगरपालिका–६ चाबहिलमा रहेको सिरक डसना बनाउने ठाउँमा मंगलबार भीषण आगलागी भएको छ।
सरस्वतीनगरमा रहेको सिरक डसना बनाउने ठाउँमा मंगलबार राति ८ बजे आगलागी भएको हो।
टहराबाट सल्केको आगोले वरिपरिका केही घरमा पनि क्षति पुर्याएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
चार वटा दमकलले आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगो निभाउनका लागि महानगरीय प्रहरी वृत्त गौशाला, बौद्ध, महाराजगञ्ज, महानगरीय प्रहरी परिसर काठमाडौं, नेपाली सेना कालीदल गणको टोली खटिएको थियो।
काठमाडौं, भक्तपुर र ललितपुरबाट आएका चार वटा दमकलको सहायतामा राति ९ बजे आगो नियन्त्रणमा आएको थियो।
आगलागीबाट ३४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
प्रतिक्रिया