२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेसद्वारा ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ भन्ने अभियान घोषणा



२५ फागुन ०७८, काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनका विषयमा धेरै बोल्न आवश्यक नभएको बताएको छ ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय समितिले गठबन्धनबारे आधिकारिक निर्णय गर्ने जानकारी दिए । उपसभापति खड्काले पनि गठबन्धनका स्थानीय आवश्यकताअनुसार हुनेसमेत बताए ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको कार्यसम्पादन समितिले गठबन्धनका विषयमा धेरै चर्चा गर्न आवश्यक नभएको ठहर गरेकाले अहिले नै बोल्ने समय नभएको बताए ।

कांग्रेसले घर घर जाऔं, कांग्रेस जिताऔं भन्ने अभियान घोषणासमेत गरेको छ । पत्रकार सम्मेलनमा पार्टी उपसभापति खड्का, महामन्त्री विश्वप्रकाश शर्मालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।