८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ललितपुरको गोदावरीमा माओवादीको प्रशिक्षण




२५ फागुन ०७८, काठमाडौं । माओवादी केन्द्र बागमती प्रदेश समितिले ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
बुधबार दिउँसो सुरु भएको प्रशिक्षण कार्यक्रममा माओवादी बागमती प्रदेश समितिका सदस्य तथा विभिन्न भ्रातृसंगठनका नेताहरू सहभागी छन् ।
प्रशिक्षण कार्यक्रमको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका हुन् । प्रशिक्षण कार्यक्रममा नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल, हरिबोल गजुरेललगायत सहभागी छन् ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १० : ०३ बजे