८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधि सभा बैठकः प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावबारे छलफलको मिति तोक्ने कार्यसूची



२९ फागुन ०७८, काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक आज बस्दै छ। जारी दशौँ अधिवेशनको ११ औँ बैठक आज बस्न लागेको हो। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ।

आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ९सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै, आजको बैठकले संविधानको धारा १०१ को उपधारा ९२० एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९१० बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने सचिवालयले जनाएको छ।

प्रतिनिधि सभाको यसअघिको बैठकले महाभियोग सिफारिस समिति गठन गरिसकेको छ। ११ सदस्यीय महाभियोग सिफारिस समितिमा संसद्मा अवरोध गरिरहेको एमाले पनि सहभागी छ। आफैं कार्यविधि बनाएर र प्रतिनिधि सभाको नियमावली अनुसार राणाविरुद्धको महाभियोगमाथि समितिले काम सुरु गरेको तीन महिनाभित्र छानबिन प्रतिवेदन दिनुपर्ने छ।

उक्त समितिको प्रतिवेदन पुनः प्रतिनिधि सभामा पेस भएर छलफल हुने छ। छलफलपछि संशोधन आवश्यक नभएमा पारित गर्ने अंकगणितमा प्रवेश गर्ने छ।

 

प्रतिनिधि सभाका दुई तिहाइ बहुमत सदस्यले महाभियोगको पक्षमा मत दिएमा उनी पदमुक्त हुनेछन्। प्रस्ताव पारित हुन सकेन भने उनी फेरि सर्वोच्च फर्कने छन्। त्यसो हुँदा राणाले आगामी मंसिरसम्म सर्वोच्चको नेतृत्व गर्न पाउनेछन्।

जारी अधिवेशनको पहिलो बैठकदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा अवरोध गर्दै आएको छ। पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ। सभामुखले भने अवरोधकै बीच बैठकका काम कारबाही अघि बढाउँदै आएका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : ३२ बजे