२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विवेकशीलले सांसद पौड्यालसहित २६ जना नेताहरुलाई समितिबाट हटाउने



१ चैत ०७८, काठमाडौं । विवेकशील साझा पार्टीले रमेश पौड्यालसहित २६ जना नेताहरुलाई कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट हटाएको छ। विवेकशीलका प्रवक्ता शरदराज पाठकका अनुसार आइतबार (फागुन २९) बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। पौड्याल बागमती प्रदेशसभा सांसद समेत रहेका छन्।

उहाँहरुले पार्टीमा बसेर पदीय जिम्मेवारी बहन नगरेको र पार्टीलाई लेबी नतिरेको पाठकले बताए । २६ जनाहरुमा पौड्यासहित, केशव दाहाल, अनुषा थापा, आशुतोष तिवारी, पुकार बम, हरिशप्रसाद भट्ट, रविना अम्गाईं, सुरेश भट्ट, सुदन मानन्धर, सुरेश अर्याल, सिर्जना खड्का, सरोज गौतम, शिशिर बन्जारा, विमल तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, कमलेश्वर पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, भरतराज पन्त, धर्म मानन्धर, मनिष खनाल, मुना अधिकारी, भुपदेव शाह रहनु भएकाे छ ।

विवेकशील साझा पार्टीमा केही समयदेखि पार्टीले लिने नीतिमा विवाद देखिएको थियो । यसअघि पार्टीले संयोजक रहेका मिलन पाण्डेलाई पनि हटाएको थियो।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ५ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।