८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले अध्यक्ष ओलीले भने, ‘मधेशको नारा बेटी बचाउ, व्यवहार साइकल पचाउ’



प्रधानमन्त्री केपी शर्मा ओली आइतबार काठमाडौँको महावौद्ध प्राङ्गणमा कोभिड १९ युनिफाईड सेन्ट्रल हस्पिटाल (वीर अस्पताल) को नवनिर्मित सिजकल भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर : रोशन सापकोटा\रासस

१ चैत ०७८, भक्तपुर । एमाले अध्यक्ष केपी ओलीले मधेश प्रदेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् ।
भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन् ।
‘नारा लगाउँदा ‘बेटी बढाउ, बेटी बचाउ’ भन्ने । व्यवहारमा साइकल पचाउ काम । तपाइँहरुको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला,’ ओलीले भने । ‘बेटी बढाउ, बेटी बचाउ’ नारा लिएको मधेश प्रदेश सरकारले छात्रालाई साइकल बाँडेको थियो ।
मधेश प्रदेश पर्यटकको हिसाव एकदमै राम्रो रहेको जानकारी दिँदै उनले सुनकोसी डाइभर्सन बनेपछि यस क्षेत्रको सिँचाइ सुविधा पुग्ने बताए ।
वीरगञ्ज–काठमाडौं रेल चल्ने बताएका उनले धार्मिक पर्यटनको हिसावले मधेश प्रदेश उत्कृष्ट रहेको बताए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।