२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ककनीमा आगलागी, तीन घर जलेर नष्ट



फाइल तस्बिर

५ चैत ०७८, काठमाडौं । नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा आगलागी हुँदा तीन वटा घर जलेका छन् ।

गएराति भएको आगलागीबाट तीन दाजुभाइ मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो ।

स्थानीय बासिन्दा र ककनीबाट खटिएको प्रहरी टोलीले आगो निभाएका छन्। घरमा भएका सर–सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईँले जानकारी दिए । तीन दाजुभाइको गरी ५० लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक अनुमान छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १२ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।