काठमाडौं, चैत ६ गते
माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गर्नु भएको छ । देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले त्यसको संकेत गरेको प्रचण्डले बताउनु भएको छ । उहाँले संविधान र लोकतन्त्र बचाउँदै उत्पीडित जाति, वर्ग र समुदायको अधिकारको पक्षमा उभिएको दल माओवादी भन्ने जनताले बुझेको बताउनु भएको छ । सोही कारण मधेस प्रदेशदेखि जताततै माओवादीमा जनताको उभार आएको उहाँको भनाइ छ ।
प्रचण्डले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको बताउनु भएको छ ।उहाँले माओवादीलाई कसैको वैशाखी आवश्यक नभएको र आफ्नै बलमा निर्वाचन लड्ने बताउनु भएको हो ।आज पोखरामा पत्रकारसँग कुराकानी गर्दै उहाँ निर्वाचन गठबन्धनबाट हुन्छ कि एक्लै हुन्छ भन्ने आम सवाल रहेको र गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने नभइ आफ्नै खुट्टामा उभिने र फ्नै संगठनलाई बलियो पार्ने जिकिर गर्नु भएको छ । जनताका मुद्दा माओवादीको प्रमुख एजेण्डा भएको भन्दै उहाले त्यसैलाई लिएर चुनावमा जाने बताउनु भएको छ । चुनावी तालमेलबारे प्रचण्डले सबैखाले सम्भावना खुला राख्ने बताउनु भएको छ । उहाँले निर्वाचन तोकिएकै मितिमा हुने दावी गर्नु भएको छ ।
प्रतिक्रिया