३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ?



काठमाडौँ । चैत ६ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा गिरावट आएको छ । आज सुनको मुल्य तोलामा छ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम गरिएको छ । शुक्रबार सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मुल्य तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै आज चाँदीको मुल्य भने प्रतितोलमा १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तिन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तिन सय ७५ रुपैयाँ तोकिएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।