२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कम्युनिष्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गयो –प्रकाशमान सिंह



काठमाडौँ । चैत ६ गते
जुनसुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताउनु भएको छ । कांग्रेस काठमाडौ क्षेत्र १ को ‘घरघर जाऊँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत अभियानमा बोल्दै आफ्नो पार्टीले देश र जनताको हितमा राखेर नै सहयोग स्वीकार गरेको बताउनु भएको हो ।उहाँले  मुलुक र जनताको हितलाई ध्यानमा राखेर राजनीति गर्ने कुरामा आफू प्रष्ट रहेको समेत बताउनु भएको छ ।

नेता सिंहले अहिले एमसिसीको विषयमा फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न आग्रह गर्नु भएको छ । उहाँले कम्युनिष्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएको जिकिर गर्नु भएको छ । नेता सिंहले चुनाव नजिक आएपछि भ्रमको खेती गर्न लागिपरेको आरोप लगाउनु भएको छ । चुनाव नजिकिँदै गर्दा टिकटको आशा राख्नु स्वाभाविक भएकाले पार्टीले आवश्यकता र योग्यताको आधारमा निर्णय गर्ने नेता प्रकाशमान सिंहको भनाई छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।