१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कम्युनिष्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गयो –प्रकाशमान सिंह



काठमाडौँ । चैत ६ गते
जुनसुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताउनु भएको छ । कांग्रेस काठमाडौ क्षेत्र १ को ‘घरघर जाऊँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत अभियानमा बोल्दै आफ्नो पार्टीले देश र जनताको हितमा राखेर नै सहयोग स्वीकार गरेको बताउनु भएको हो ।उहाँले  मुलुक र जनताको हितलाई ध्यानमा राखेर राजनीति गर्ने कुरामा आफू प्रष्ट रहेको समेत बताउनु भएको छ ।

नेता सिंहले अहिले एमसिसीको विषयमा फैलिएको नकारात्मक हल्लाको पछि नलाग्न आग्रह गर्नु भएको छ । उहाँले कम्युनिष्ट पार्टीका दोधारे कुराले नागरिकमा गलत सन्देश गएको जिकिर गर्नु भएको छ । नेता सिंहले चुनाव नजिक आएपछि भ्रमको खेती गर्न लागिपरेको आरोप लगाउनु भएको छ । चुनाव नजिकिँदै गर्दा टिकटको आशा राख्नु स्वाभाविक भएकाले पार्टीले आवश्यकता र योग्यताको आधारमा निर्णय गर्ने नेता प्रकाशमान सिंहको भनाई छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।