१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूद्वारा निगम घेराउ



काठमाडौं । चैत ६ गते
नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले घेराउ गरेका छन् ।आइतबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राख्दै घेराउ गरेका हुन् ।उनीहरूले ‘मूल्यवृद्धि खारेज गर’, ‘बढ्दो महँगी नियन्त्रण गर’ लगायत नारा लगाएका थिए ।

उनीहरूले विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने पनि बताएका छन् ।पछिल्लोपटक वृद्धि भएको मूल्यानुसार पेट्रोल प्रतिलिटर १५५ र डिजेल तथा मट्टिटेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।