काठमाडौं । चैत ६ गते
आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । आज इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गर्नु भएको हो ।
स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उहाँले बताउनु भएको छ । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया