६ चैत ०७८, काठमाडौं । भारतका लागि नेपालको आवासीय राजदूतमा डा. शंकर शर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार शर्मालाई भारतको राजदूतमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उनलाई नियुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को गएको मङ्सिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो ।
६ चैत्र २०७८, आइतबार
0
Shares
प्रतिक्रिया