१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


एकै दिन ललितपुरमा ४ सय ३ जनाले दिए म्यादी प्रहरीमा आवेदन



काठमाडौं । चैत ७ गते
अहिले स्थानिय चुनावको लागि बिभिन्न ठाउँमा म्यादी प्रहरीका लागि आवेदन खुला गरिएको छ । त्यस्तै ललितपुर पनि म्यादी प्रहरीका लागि आवेदन खुला गरिएको थियो ।ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । प्रहरी परिसर जावलाखेलमा पहिलो दिन ४ सय ३ जनाले आवेदन दिएका छन् ।

प्रहरी परिसरका प्रहरी निरीक्षक पुस्कर बोगटीका अनुसार ललितपुरमा निर्वाचन प्रयोजनाका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकोमा पहिलो दिनमै उत्साहजनक रुपमा युवा युवतीले आवेदन बुझाएका हुन् ।४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रैहरी मागिएको छ । आइतबार बिहान १० बजेबाट प्रहरीले फरम वितरण गरेको थियो । दिउँसो १ बजे फारम वितरण बन्द भएको प्रहरी परिसरमा भेटिएका रमेश लिम्बुले बताए ।

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ८ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।