२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सरु संगीत घरको वार्षिकोत्सवमा पुरस्कार



काठमाडौं । चैत ७ गते
ललितपुरस्थित सरु संगीत घरको प्रथम वार्षिकोत्सव बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । हाँस्यकलाकार किरण केसीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।सरु संगीत घरका निर्देशक तथा संगीतकार डेनी निरौलाले कोरोना महामारीमा भर्चुअल माध्यमबाट पढाइएका विद्यार्थीहरुको प्रगतिबाट आफू खुशी भएको बताउनु भएको थियो ।कार्यक्रममा विद्यार्थीहरुले २० वटा गायन तथा नृत्य प्रस्तुत भएका थिए ।

कार्यक्रममा ‘परफर्मेन्स अफ स्टुडेन्ट आर्टिस्ट’मा विजयी हुने सरु संगीत घरका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । आर्या खनाललाई प्रथम, अनुस्किता पोखरेललाई द्वितिय, सुभम निरौलालाई तृतिय र प्रारुप प्रसाइँलाई सान्तवना पुरस्कार प्रदान गरिएको छ । विजयीले नगद तथा प्रमाणपत्र पाएका थिए ।कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डिल्ली पोखरेल, डिएसपी फडिन्द्र प्रसाइँ तथा समाजसेवी श्याम थापाको उपस्थिति थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।