९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दिनदिनै रेकर्ड बनाउँदै चलचित्र ‘द कश्मीर फाइल्स’



काठमाडौं । चैत ७ गते
मार्च ११ शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘द कश्मीर फाइल्स’ चलचित्र दिनदिनै रेकर्ड बनाउँदै छ । भारतीय राजनीतिको केन्द्रमा यतिबेला ‘कश्मीरी पण्डित’को मुद्दा ब्युँतिएको छ । फिल्म रिलिज भएपछि पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएसँगै प्रभाव व्यापारमा पनि देखिएको छ ।प्रदर्शनको पहिलो दिन तीन करोड ५५ लाखको व्यापार गरेको फिल्मले अहिलेसम्म एक सय ६७ करोड ४५ लाख भारुको व्यापार गरिसकेको छ । पहिलो दिन ६ सय मात्र स्क्रिन पाएको फिल्मले अहिले चार हजार स्क्रिन पाएको छ ।

फिल्मले पाइरहेको प्रतिक्रिया र गरिरहेको व्यापार हेर्ने हो भने यसले नयाँ रेकर्ड बनाउने विश्वास ट्रेड विश्लेषकहरूले गरेका छन् । कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीरी पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर भइरहेको चर्चा अहिले भारतमा मात्र सीमित छैन । यो विश्वव्यापी रूपमा छलफल हुने विषय बनेको छ । मुसलमान बाहुल्यता रहेको कश्मीरमा भारतीय शासनविरुद्ध चलेको सशस्त्र विद्रोह नै सन् १९९० को घटनाको सुरुवात बन्न पुग्यो ।

अल्पसंख्यकको रूपमा कश्मीरमा रहेका कश्मीरी हिन्दुविरुद्ध लक्षित गर्दै आन्दोलन गर्न थालेपछि कश्मीरी पण्डितहरू आफ्नै घरबाट लखेटिएनन् मात्र केही मारिए पनि । र, धेरैजसो घर फर्किएका छैनन् ।भारतीय मिडिया नवभारत टाइम्सका अनुसार त्यहाँ सन् २०८९ देखि सन् २०११ सम्ममा तीन सय ९९ कश्मीरी पण्डितले ज्यान गुमाइसकेका छन् । त्यहाँ रहेका पण्डितहरू न हिजो सुरक्षित थिए, न आज छन् । फिल्मले त्यहाँ रहेकालाई सुरक्षा नरहेको मात्र नभई, पुनस्र्थापना गर्न पनि सरकार चुकेको भाव व्यक्त गरेको छ । के कश्मीरी पण्डितहरू घर फर्किन पाउनेछन् त रु यो प्रश्नमार्फत फिल्मले मुद्दा उठान गरेको छ । फिल्मको चर्चा बढेसँगै पछिल्लो समय यसले ट्याक्समा छुट मात्र पाएको छैन, ठूला राजनीतिज्ञले यसले उठान गरेको मुद्दामा बहस सुरु गरेका छन् । विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १२ : ३५ बजे